काठमाडौ, १ साउन २०७९ ।
आर्थिक बर्षको पहिलो दिन शेयर बजारमा सुखद सुरुवात देखिएको छ । बजार खुलेको १ घण्टासम्म बजार हरियो देखिएको हो ।
१२ बजेर २० मिनेट जाँदासम्म बजार २ दशमलव ३६ अंकले बढेको छ । १ सय वटा कम्पनीको शेयर धनिहरुले नाफा कमाएका छन् भने ८४ वटा कम्पनीको शेयर घाटामा रहेको छ । १० वटा कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन देखिएको छैन ।