काठमाडौं, ८ असाेज २०७९ ।
अभियान लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीका साधारण र संस्थापक गरी कुल २५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
शुक्रबार कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएसँगै आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको कम्पनीले जनाएकाे छ । नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारको ओपनिङ रेन्ज प्रति कित्ता १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँ तोकिएको छ।
नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबारका लागि पछिल्लो आर्थिक वर्षको अडिटेड ब्यालेन्स सीटको नेटवर्थदेखि नेटवर्थको ३ गुणा ओपनिङ रेञ्ज तोक्ने गर्छ ।
