काठमाडौ, ५ असोज २०७९ ।
देशकै पहिलो वालेट भन्ने इसेवाको ठगीधन्दा मौलाउन थालेको छ । ग्राहकहरुलाई अनेक लोभ देखाएर आकर्षण गर्ने इसेवाको ठगी धन्दा मौलाउँदै गएको हो ।
बुधबार दिउँसो एक ग्राहकले क्रेडिट कार्डबाट रकम लोड गर्दा बैंकको पैसा काटेको तर इसेवामा लोड नभएको पाइएको छ । इसेवा कार्यलयमा सम्पर्क गर्दा निकै कठिनका साथ फोन लाग्ने र फोन लागेपनि प्रक्रिया हुदैछ भनेर इसेवाले ढाँटेको छ । ग्राहकले आकस्मिक कार्यको लागि हालेको पैसा समयमा चलाउन नपाएपछि इसेवाको ठगी धन्दा पत्ता लागेको छ । क्रेडिट कार्डकाे सेवा दिएकाे सिद्धार्थ बैंकमा फोन गर्दा पैसा काटिएको र म्यासेज र इमेलबाट समेत जानकारी पठाइएकाले इसेवाको समस्या भएको बताइएको छ ।
ग्राहकले बैंकबाट पैसा काटिएको जानकारी एसएमएस र इमेल बाट पाइसकेका छन् भने इसेवा वालेटमा २ घण्टा हुँदा पनि पैसा लोड भएको छ । यसबारेमा इसेवासँग बुझ्दा १ हप्ता समय लाग्ने बताएको छ । यसरी एक ग्राहकको पैसा एक हप्ता होल्ड गर्दा पनि करोडौँ कमाउने इसेवाको दाउबारे धेरै ग्राहकहरु पीडित भएका छन् । यस अघि पनि इसेवाको सेवा बारे पटक पटक प्रश्न उठ्दै आएको छ ।
