काठमाडौ, १२ फागुन २०७८ ।
आज पनि शेयर बजार राताम्मै बनेको छ । कारोबारको अन्तिम दिन आज शेयर बजार घटेको हो ।
आज शेयर बजार परिसूचक नेप्से ५८ दशमलव ९९ प्रतिशतले घटेर दुई हजार ६ सय ६१ दशमलव ४४ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स् पनि १० दशमलव ३६ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले शेयर बजार घट्दा दुई सय १३ कम्पनी राताम्मै बनेका छन् । आज १२ वटा कम्पनीको शेयर धनिहरुले भने नाफा कमाउन सफल भएका छन् । आज दुई सय २९ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार एकसय ९१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।