काठमाडाै, २० फागनु २०७८ ।
नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ बाँडफाँड शुक्रबार हुने भएकाे छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार ११ बजे आईपीओ बाँडफाँड गर्ने जनाएकाे हाे ।
लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।
जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।
फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।
१० कित्ताकाे दरले बाँडफाँड हुने शेयर जम्मा ७७ हजारले मात्रै पाउने छन् । बाँकी २५ लाख भन्दा बढिकाे हातखाली हुनेछ । नतिजा हेर्न www.iporesult.cdsc.com.np मा जानुपर्नेछ वा यसैमा क्लिक गर्नुपर्नेछ ।
याे पनि हेर्नुहाेस्
शुक्रबार हुने भनिएकाे नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड राेकियाे, तयारी नसकिएकाे जानकारी
यसअघि शुक्रबार नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँडहुने जानकारी भए अनुसार समाचार सम्प्रेशण भएकाे तर क्यापिटलले मिति सारेकाले पाठक वर्गमा पर्न गएकाे असर प्रति क्षमायाचना गर्दछाैँ । अर्थकुरा
