काठमाडाै, २० फागनु २०७८ ।
शुक्रबार हुने भनिएकाे नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड राेकिएकाे छ । लघुवित्तको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले शुक्रबार ११ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेकाेमा आन्तरिक काम नसकिएका कारण बाँडफाँड राेकिएकाे हाे ।
अब आँउदो सातासम्म बाँडफाड हुने नेष्डो समृद्ध लघुवित्तले बताएको छ । यसपवटक विविध कारणले राेकिएकाे भन्दै क्यापिटलले अब एक हप्ताभित्र बाँडफाँड गरिसक्ने जनाएकाे छ ।
लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।
जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।
फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।
१० कित्ताकाे दरले बाँडफाँड हुने शेयर जम्मा ७७ हजारले मात्रै पाउने छन् । बाँकी २५ लाख भन्दा बढिकाे हातखाली हुनेछ । नतिजा हेर्न www.iporesult.cdsc.com.np मा जानुपर्नेछ वा यसैमा क्लिक गर्नुपर्नेछ ।