काठमाडौ, २८ असार २०७९ ।
दशैँ पछिकाे शेयर बजार हरियाली देखिएकाे छ । बजार खुलेको एक घण्टासम्म शेयर बजार हरियो देखिएको हाे ।
११ बजे खुलेको शेयर बजार १२ बजेर ३० मिनेटसम्म हरियो देखिएको छ । दशैँ पछि खुलेकाे पहिलाे दिनमा नै बजार उकालो लागिरहँदा लगानीकर्ताहरु खुशी भएका छन् । यो समाचार तयार पार्दासम्म १ सय ६४ कम्पनीको शेयर नाफामा गएको छ भने २८ कम्पनी घाटामा छन् ।
बजार खुलेदेखि नै बढेको शेयर बजार १२ बजेर ३० मिनेट जाँदासम्म बजार २३ दशमलव ५५ अंकले बढेको छ । यसरी हेर्दा आज बजार हरियालीमै बन्द हुने आंकलन गरिएको छ । अहिले नेप्से १ हजार ७ सय ७७ विन्दुमा छ ।
आइतबार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाकाे चुनावका लागि मनाेनयन दर्ताकाे समय छ । मनाेनयन दर्ता कै दिन बजार बढ्नु सकारात्मक रहेकाे लगानीकर्ताहरूकाे विश्लेषण छ ।