काठमाडौ, २८ असार २०७९ ।
बजार खुलेको एक घण्टासम्म शेयर बजार हरियो देखिएको छ । ११ बजे खुलेको शेयर बजार मंगलबार १२ बज्दासम्म हरियो देखिएको हो ।
सोमबार घटेको बजार मंगलबार उकालो लागिरहँदा लगानीकर्ताहरु खुशी भएका छन् । यो समाचार तयार पार्दासम्म १ सय ७१ कम्पनीको शेयर नाफामा गएको छ भने ३० कम्पनी घाटामा छन् ।
बजार खुलेदेखि नै बढेको शेयर बजार घट्ने र बढ्ने भैरहेको छ । १२ बजेर १० मिनेट जाँदासम्म बजार २३ दशमलव ८१ अंकले बढेको छ । यसरी हेर्दा आज बजार हरियालीमै बन्द हुने आंकलन गरिएको छ ।