बागलुङ, १० चैत २०७८ ।
बागलुङको जैमिनीमा वित्तीय उत्तरदायित्व सम्बन्धि तालिम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाको आयोजनामा बुधबार कुश्मिसेरामा तालिम सञ्चालन गरिएको हो ।
जैमिनी नगरपालिकाका कर्मचारीहरुका लागि सञ्चालन गरिएको तालिममा प्रशिक्षक कोष तथा लेखा नियन्त्रण कार्यलय बागलुङका प्रमुख कोष तथा लेखा नियन्त्रक ईन्द्र प्रसाद पौडेलले कुनैपनि सरकारी निकायले वित्तीय उत्तरदायित्व के हो भनेर बुभ्mनुपर्ने भन्दै लेखा प्रणाली चुस्त दुरुस्त राख्न आग्रह गर्नुभयो । दोहोरो लेखा प्रणाली देखि अहिले विकास भएको अनलाइन सप्mटवेयर सम्म दख्खल हुनुपर्ने भन्दै उहाँले लेखा राख्ने सरल तरिका सहित समग्र वित्तीय प्रणालीको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको अवसरमा जैमिनी नगरपालिकाका नगर प्रमुख ईन्द्रराज पौडेलले कुनैपनि सरकारी निकायमा बदनियत नगर्ने कर्मचारी भएमा त्यो निकाय सँधै अब्बल बन्ने बताउनुभयो । तोकिएको सेवा सुविधा बाहेक कुनैपनि बहानामा लेखा प्रणालीलाई विगारेर सुविधा लिन खोज्नु अपराध भएको भन्दै उहाँले कर्मचारी मात्रै नभएर जनप्रतिनिधिहरुले पनि राज्यकोषको एक पैसापनि दुरुपयोग गर्न नहुने धारणा राख्नुभयो ।
नगर उप प्रमुख लिला रानाले जनताको सेवामा तल्लिन रही वित्तीय उद्यतरदायित्व बहन गर्न सबै कर्मचारीहरुलाई आग्रह गर्नुभयो । कर्मचारी र जनप्रतिनिधिहरुले सुशासन कायम गर्न सके जनता आफैँ सचेत हुने उहाँको भनाई छ ।
जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले जैमिनीमा हुने कारोबार पारदर्शी र जवाफदेहि बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
तालिममा कोष तथा लेखा नियन्त्रण कार्यलय बागलुङका लेखापाल दयाराम शर्मा र टेक नारायण रिजालले पनि प्रशिक्षण दिनुभएको थियो ।