आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार बिहीबार दिउँसो ३ बजेपछि आईपीओ बाँडफाँड भएको हो ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओ ७९ हजार ४५० जनाले मात्र हात पारेका छन् भने बाँकी २५ लाख ५५ हजार १७६ जनाको भने हात खाली भएकाे छ । राष्ट्र उत्थानको आइपीओमा २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए ।
कम्पनीले फागुन ४ गते ८ गतेसम्म बाट कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियाे । मेराे शेयरकाे रिपाेर्टमा नतिजा देखिन ढिला हुने भएकाले www.iporesult.cdsc.com.np बाट नतिजा हेर्न सकिन्छ । पछिल्लो समय आईपीओ बाँडफाँड निकै छिटो हुने गरेको पछिल्ला केहि कम्पनीको शेयर बाँडफाँडले देखाएको छ ।