काठमाडौ, २८ माघ २०७८ ।
एमसिए नेपालले आर्थिक बर्ष २०७६।७७ मा पत्रपत्रिकामा छपाई तथा सूचनाको लागि मात्रै करिव ११ लाख खर्च गरेको देखिएको छ । एमसिए नेपालले सार्वजनिक गरेको आर्थिक प्रतिवेदनमा मिडियाको लागि मात्रै झण्ड्रै ११ लाख निकासा भएको देखिएको हो ।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को लगानीमा सञ्चालन हुने आयोजनाको व्यवस्थापनको लागि गठित एमसिए नेपालले सार्वजनिक गरेको ३० पृष्ठको प्रतिवेदनमा २८ औँ पृष्ठमा आर्थिक विवरण देखाइएको छ । प्रतिवेदनमा मिडियाको लागि नेपाल सरकाको तर्फबाट थपघट बजेटमा ११ लाख ८० हजार छुट्याइएको देखिन्छ जसमध्ये १० लाख ९९ हजार १५ रुपैयाँ निकासा भएको छ ।
प्रतिवेदन हेर्नुहोस् ।
