काठमाडाै, २३ फागनु २०७८ ।
नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुने भएको छ । अघिल्लो हप्ता नै बाँडफाँड हुने भनिएपनि यसबीचमा दुई दिन सार्वजनिक बिदा परेपछि ढिलाे गरी बाँडफाँड हुन लागेकाे हाे ।
कम्पनीको प्रि अलाेटमेन्टस् को सम्पूर्ण काम सकिएको र फाइनल नतिजाकाे लागि तयारी भैरहेकाे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । गत शुक्रबार बाँड्ने भनिएकाेमा अब मंगलबार बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी रहेको क्यापिटलले जानकारी दिएकाे छ ।
लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो । जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरमा सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको थियो ।
फागुन ११ गतेदेखि १५ गतेसम्म जारी आईपीओमा अन्तिम दिनसम्म २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।
१० कित्ताकाे दरले बाँडफाँड हुने शेयर जम्मा ७७ हजारले मात्रै पाउने छन् । बाँकी २५ लाख भन्दा बढिकाे हातखाली हुनेछ । नतिजा हेर्न www.iporesult.cdsc.com.np मा जानुपर्नेछ वा यसैमा क्लिक गर्नुपर्नेछ ।
