सुजन प्रेमी
बागलुङ, ८ चैत २०७८ ।
बागलुङको बलेवामा ग्लोवल आइएमई बैंकको नयाँ शाखा खुलेको छ । बागलुङ नगरपालिका-१४ नारायणस्थान बलेवामा बैंकको २ सय ८९ औं शाखा खुलेको हो ।
केही बर्षदेखि बलेवा क्षेत्रका सर्वसाधारणलाई एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको बैंकको सोमबार शाखा उद्घाटन गर्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले ग्रामिण क्षेत्रका नागरिकहरुलाई सेवा दिइरहेको बताउनुभयो । ग्लोवल बैंक सुरुवाती देखि नै ग्रामिण जनताको सारथी बनेको भन्दै उहाँले भरपुर रुपमा बैंकिङ सेवा उपयोग गर्न आग्रह गर्नुभयो ।
शाखा विस्तार संगै ग्लोवल आइएमई बैंकले बलेवा शाखामा एटिएम सेवाको समेत सुरु गरेको छ । बढ्दै गएको डिजिटल सेवालाई मध्येनजर गर्दै शाखा संगै एटिएम सेवाको पनि सुरुवात गरेको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर २ सय ८९ शाखा, २ सय ५४ स्थानमा एटीएम, २ सय ७४ स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ५० ठाउँमा एक्स्टेन्सन र राजश्व संकलन काउन्टर रहेको छ ।