काठमाडौं , २८ जेठ २०७९ ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौता भएको छ। शुक्रबार एक कार्यक्रमा दुई बैंकबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता भएको हो।
ठमेलस्थित अलफ्ट होटलमा दुई बैंकबीच १०० बराबर ९० रुपैयाँको अनुपातमा गाभिने सम्झौता भएको हो। इन्भेष्टमेन्ट बैंकको सय कित्ता बराबर मेगा बैंकको ९० कित्ता शेयर कायम हुनेगरी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ।
मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ। बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे हुने सहमति भएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृत हाल नेपाल इन्भेष्टमेन्टका वर्तमान सीइओ ज्योतिप्रकाश पाण्डे हुनेछन।
अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ छ ।
यस्ताे भयाे सम्झाैता