काठमाडौं, १९ फागुन २०७८ ।
नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ बुधबार प्रि अल्लोटमेन्ट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार बुधबार पहिलो चरणको बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीले शुक्रबार बिहान ११ बजे ग्लोबल आइएमई क्यापिटल को कार्यालयमा आइपीओ को बाँडफाँड गर्ने छ । लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पुँजी २५ करोड ७० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनमा गरेको थियो ।
लघुवित्तकाे आईपीओका लागि २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको बिक्री प्रवन्धक ग्लोबल आईएमई एस क्यापिटलले जनाएको छ ।