काठमाडाै, ९ फागुन २०७८ ।
नेपालमा करिव दुई अर्बको आईपीओ निश्कासन हुँदै छ । रिलायवल र आइएमई लाइफ इन्स्योरेन्सले करिव २ अर्ब बराबरकाे आईपीओ निष्काशन गर्न लागेका हुन् ।
रिलायवल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा एकसय १२ रुपैयाँ थप गरी प्रतिकित्ता दुईसय १२ रुपैयाँको दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता र आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । दुई जीवन बीमा कम्पनीहरुकाे कुल एक अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन हुनेछ ।
आईपीओ कहिले देखि जारी गर्ने भन्ने एकिन भैसकेकाे छैन । धिताेपत्र बाेर्डले स्विकृत दिएपछि बिक्री प्रबन्धक ताेकेर सकेसम्म छिटाे आईपीओ निष्काशन गर्ने ती कम्पनीहरूले जानकारी दिएका छन् ।